नवौं राष्ट्रिय खेलकुद: कास्कीमा भलिबल खेलाडी छनोट सम्पन्न

पाेखरा | भदौ १३, २०७९

नवौं राष्ट्रिय खेलकुद: कास्कीमा भलिबल खेलाडी छनोट सम्पन्न

 

पोखरा । आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि कास्की जिल्ला भलिबल संघले महिला तथा पुरुष खेलाडी छनोट सम्पन्न गरेको छ ।

 

कास्की जिल्ला भलिबल संघले महिला र पुरुषतर्फ ९–९ जना खेलाडीसहित ४–४ जना बैकल्पिक खेलाडी रहेका छन् । छनोट खेलमा पुरुषतर्फ ३२ र महिलातर्फ २१ खेलाडीको सहभागिता रहेको संघका अध्यक्ष विष्णु गुरुङले जनाएका छन् ।

 

पुरुषतर्फ छनोट हुन सफल खेलाडीमा बलराम गुरुङ, विवेक सुनार, रमेश गुरुङ, आकाश घमाल, अमिश गुरुङ, पारसमान गुरुङ, सचिन नेपाली, सन्जोक गुरुङ र ज्ञानु परियार छन । पुरुष वैकल्पिकतर्फ बेल बहादुर परियार, विश्वास विक, मिलन विक र निरज घमाल रहेका छन् ।

 

त्यसै गरी महिलातर्फ ममता डंगौरा, सम्पदा गुरुङ, गंगा गुरुङ, क्रिश्चल बराम, जमुना गुरुङ, निशा भुजेल, सविना पौडेल, प्रमिला अधिकारी र अन्शु थापा रहेका छन् । महिलातर्फ वैकल्पिक खेलाडीमा रमिला नेपाली, विपना नेपाली, अनिशा हर्मेल र सलिना गुरुङ रहेका छन् ।

 

छनोट हुन सफल खेलाडीहरुले भदौ १६ गतेबाट पोखरा रंगशालामा सञ्चालन हुने प्रदेशस्तरिय छनोट प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुदकी कोषाध्यक्ष कन्चन थापाले जनाएकी छन् । कास्कीमा छनोट प्रक्रिया यहि १४ गते सम्पन्न हुनेछ । यति बेला विभिन्न खेलकुदको छनोट प्रक्रिया जारी रहेको जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बरालले बताए  । 
 

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्